global ime bank Long Banner Ad

गृहपृष्ठ निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बसेको प्रतिनिधिसभाको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिनिधिसभाको आजको बैठकले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त विधेयकमाथि आज सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै उद्योगमन्त्री भण्डारीले नेपाली वस्तुलाई ‘ब्राण्डिङ’ गर्न र विश्वबजारसम्म पु-याउनका लागि नयाँ कानूनी व्यवस्था आवश्यक पर्ने भएकाले यो विधेयक संसदमा ल्याइएको बताए । संसदमा आएका सुझावलाई सम्बोधन गर्दै थप व्यवस्थित, परिस्कृत र समृद्ध बनाएर लगिने उद्योगमन्त्री भण्डारीको भनाइ छ ।

वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो विधेयक ल्याइएको हो । यो कानून बनिसकेपछि निकासी पैठारी कार्यमा एकरुपता कायम हुने, विभिन्न निकायहरुको अधिकार स्पष्ट हुने, प्रक्रियाहरु थप व्यवस्थित र प्रभावकारी हुने र समग्र राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यहि फागुन २३ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु