global ime bank Long Banner Ad

गृहपृष्ठ एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

एप्पलले बुधबार एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने क्षमता र नयाँ १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरासहितको नयाँ म्याकबुक बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार यसमा बिल्ट–इन डिस्प्ले, १६ जिबीको स्टार्टिङ युनिफाइड मेमोरी र एप्पल इन्टेलिजेन्ससँग म्याकओएस सिकोइयाको क्षमताका अतिरिक्त दुई वटा बाहिरी डिस्प्ले पनि रहेको छ ।

यसको मूल्य शैक्षिक प्रयोगका लागि ८९९ डलरबाट सुरु भई ९९९ अमेरिकी डलरसम्म रहेको नयाँ १३ र १५ इन्चको म्याकबुक एयर बुधबार प्रि–अर्डरका लागि उपलब्ध हुने एप्पलले जनाएको छ ।

कम्पनीले भनेको छ, “पातलो र हल्का फ्यानलेस डिजाइन, दिनभर टिक्ने ब्याट्री क्षमता र एप्पल इन्टेलिजेन्सको साथ म्याकओएस सिकोइयाको अविश्वसनीय क्षमताको साथ आएको म्याकबुक एयर कुनै पनि अन्य ल्यापटप भन्दा फरक छ ।”

शुरुआती मूल्य ९९९ डलर भएको म्याकबुक एयरले उपभोक्ताहरूलाई पहिलेभन्दा बढी सेवा र लाभ प्रदान गर्दछ,” एप्पलका ग्लोबल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले भने ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु