गृहपृष्ठ एभरेष्ट बैंकको ऋणपत्रका लागि आवेदन दिने अवधि थपियो
एभरेष्ट बैंकको ऋणपत्रका लागि आवेदन दिने अवधि थपियो
एभरेष्ट बैंक लिमिटेडले जारी गरेकाे ऋणपत्रका लागि आवेदन दिने अवधि थप भएका छ । अब, उक्त ऋणपत्रमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले यसअघि फागुन २१ गते अन्तिम मिति ताेकेकाे थियो ।
बैंकले प्रतिकित्ता १००० रुपैयाँ अंकित ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र फागुन १८ गतेदेखि जारी गरेकाे हाे। कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट, ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने जनाइएकाे छ ।
१० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम् २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : ०७:४४ बजे


















