global ime bank Long Banner Ad

गृहपृष्ठ अपाङ्गता भएकालाई घरमै नागरिकता

अपाङ्गता भएकालाई घरमै नागरिकता

अपाङ्गता भएकालाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय तनहुँले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए। विसं २०६३ पुस १० गते जन्मिनुभएका सुजन जन्मजात अपाङ्गता छन ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु