global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ करिब १७ प्रतिशत जापानी नागरिकले लिए राहदानी

करिब १७ प्रतिशत जापानी नागरिकले लिए राहदानी

करिब १७ प्रतिशत जापानी नागरिकले लिए राहदानी

जापानका प्रत्येक छ जना नागरिकमध्ये एक जनासँग मात्र वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो दर राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम छ तर सन् १९९० को करिब पाँच प्रतिशतबाट बढेको छ ।

छिमेकी मुलुक दक्षिण कोरियामा यो सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेको सियोलले जनाएको छ । सन् २०२४ को डिसेम्बरसम्ममा दुई करोड १६ लाख वैध जापानी राहदानी प्रचलनमा रहेको र यो कुल जनसङ्ख्याको करिब १७.५ प्रतिशत रहेको परराष्ट्र मन्त्रालयले बिहीबार जनाएको छ ।

कोभिड–१९ महामारीअघि करिब एक चौथाइ जापानीसँग वैध राहदानी थियो ।यस वर्षको हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिङ्गापुरपछि दक्षिण कोरियाको राहदानी विश्वकै दोस्रो बलियो राहदानीसँग जोडिएको छ । सिङ्गापुरले १९० भन्दा बढी गन्तव्य (देश)मा बिना भिसा प्रवेशका लागि अनुमति पाउँछ ।

कोभिड–१९ को महामारीकालको क्वारेन्टाइन र सीमा नाका बन्द भएपछि जापानबाट बाहिरिने यात्रा क्रमशः पुनः शुरु भएको मन्त्रालयले जनाएको छ ।तर विगत पाँच वर्षमा आफ्नो मूल्यको एक तिहाइ हिस्सा गुमाइसकेको येनको कमजोरीले जापानी यात्रुलाई मुद्रास्फीति र आन्तरिक यात्रामा नयाँ चासोका कारण रोकेको विश्लेषकहरू बताउँछन्।

जापानले अन्य देशहरूबाट पर्यटकहरूको उच्च आगमनलाई स्वागत गरेको छ । गत वर्ष ३६ करोडभन्दा बढी पर्यटक जापान पुगेका थिए भने सबैभन्दा बढी आकर्षण क्योटाजस्ता पर्यटकीय स्थलहरूमा देखिएको थियो ।

सन् १९८० को दशकको उत्तरार्धमा जापानी नागरिकहरूको अन्तर्राष्ट्रिय यात्रामा तीव्र वृद्धि हुन थालेको थियो । सन् १९९० मा जापानबाट एक करोडभन्दा बढी मानिस विदेश गएका थिए भने महामारीअघि यो सङ्ख्या बढेर दुई करोड पुगेको थियो ।

जापानको शीर्ष ट्राभल एजेन्सी जेटीबीका अनुसार यो वर्ष करिब एक करोड ४१ लाख जापानीले विदेश भ्रमण गर्ने अनुमान गरिएको छ ।“हालैका वर्षहरूमा, येनको तीव्र अवमूल्यनले केहीलाई विदेश यात्राबाट टाढा राखेको छ तर एक पटक मुद्रा बजार शान्त भएपछि विदेशी यात्राले गति लिने अपेक्षा गरिएको छ,” सरकारद्वारा जनवरीमा जारी गरिएको अध्ययनमा भनिएको छ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु