global ime bank Long Banner Ad

गृहपृष्ठ हिउँदमा पानी र हिउँ नपर्दा किसान चिन्तित

हिउँदमा पानी र हिउँ नपर्दा किसान चिन्तित

हिउँदमा पानी र हिउँ नपर्दा किसान चिन्तित

मुगुमा हिउँदमा पानी र हिउँ नपर्दा जिल्लामा हिउँदे बालीको लागि आवश्यक पानी नपरेपछि किसानहरु चिन्तित भएका छन् ।

फागुन महिना लागि सक्दा पनि पानी नपर्दा बालीको वृद्धि विकास नहुने चिन्ताले किसानहरु पिरोलिएका छन् । मुगुको ग्रामीण भेगका किसानहरुले हिउँदे बालीअन्तर्गत गहुँ र जौ बाली लगाएका छन् । तर आवश्यकता अनुसार पानी नपर्नाले बालीलाई नकारात्मक असर परेको किसानहरुले बताएका छन् ।

छायानाथ रारा-१ का किसान कृष्ण बहादुर मल्ल विगतका हिउँदमा मौसम अनुसार समयमा हिउँ पर्ने र हिउँ पर्न नसके पानी पर्‍थियो, यो बर्ष भने फागुन लागि सक्दासम्म हिउँ पनि परेन, पानी पनि परेन जसका कारण हिउदे बाली जौ र गहुँको हिउँद याममा अहिलेसम्म पानी नपर्दा बालीको वृद्धि विकास रोकिएको उनको भनाई छ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु