global ime bank Long Banner Ad

गृहपृष्ठ तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ

तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ

तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ

सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ।

खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो।

ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

यसक्रममा चालक खडक नगरपालिका-८ का ४३ वर्षीय भगवत चौधरी पक्राउ परेका छन्। विङ्गरमा माउन्टेन डिउ, जिरालगायत खाद्य सामग्री रहेको खतिवडाले बताए।

बरामद सामान, विङ्गर र चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु