global ime bank Long Banner Ad

गृहपृष्ठ गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि पूर्व इन्चार्ज कुमार फुयाँलसहित तीन जनालाई हटाएर अनुसन्धान अघि बढाइएको थियो।

यस घटनामा संलग्न प्रहरीहरूलाई जिल्ला तानेर अनुसन्धान भइरहेको दाबी गरिए पनि अनुसन्धानको स्पष्ट दिशा अझै नखुलेको बताइन्छ। प्रहरीकै स्कर्टिङमा गोरु तस्करी भएको आरोप लागेपछि, संलग्न प्रहरी अधिकारीहरूलाई उन्मुक्ति दिन खोजिएको आशंका उब्जिएको छ।

यसअघि, पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भिष्म राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो, जसले थप विवाद निम्त्याएको छ। गोरु तस्करीको पछाडि ठूलो गिरोह रहेको र प्रहरी तथा प्रशासनकै मिलेमतो हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ।

 

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु