गृहपृष्ठ पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको बुधबार निधन भएको छ। ५६ वर्षीय नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए।
२०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए। उनलाई मुखको क्यान्सर भएको थियो। त्यही रोगका कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।
लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएको थियो। त्यसपछि उनी घरैमा बस्दै आएका थिए।
प्रकाशित समय : ११:२६ बजे



















