गृहपृष्ठ कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन आग्रह
कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन आग्रह
सुनसरीको कोशी गाउँपालिकामा रहेको कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ। कोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्डफ्लु पुष्टि भएसँगै कृषि फार्मलाई केन्द्र बिन्दु मानेर चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ।
सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकिएको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन पनि भनिएको छ।
प्रकाशित समय : ११:१४ बजे



















