गृहपृष्ठ थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
पाँचपटकका च्याम्पियन थ्रि स्टार क्लबले २४ औँ आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलबाट आफ्नो यात्रा टुंगाएको छ।
थ्रि स्टार क्लब पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग फराकिलो ४–० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफमा १–० गोलअन्तरले अग्रता कायम गरेको पाहुना टोलीले दोस्रो हाफमा थप ३ गोल गर्दै जारी संस्करणमा सर्वाधिक गोलको रेकर्ड पनि राख्न सक्यो।
अब ब्ल्याक बुल्सले शनिबार फाइनलमा क्याराभानसहित ६ पल्टको विजेता नेपाल पुलिसको सामना गर्नेछ।
प्रकाशित समय : १७:०९ बजे


















