गृहपृष्ठ पश्चिम नेपाल बस व्यवसायी र लुम्बिनी केबलकारबिच सहकार्य
पश्चिम नेपाल बस व्यवसायी र लुम्बिनी केबलकारबिच सहकार्य
लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ।
सम्झौताबमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध व्यवसायी र यसमा आबद्ध बसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन्।
यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई तीन महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन्।
सम्झौतापत्रमा लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।
प्रकाशित समय : १७:१८ बजे

















