गृहपृष्ठ लिभरपुलका प्रशिक्षक आर्न स्लटलाई दुई खेलमा प्रतिबन्ध
लिभरपुलका प्रशिक्षक आर्न स्लटलाई दुई खेलमा प्रतिबन्ध
LIVERPOOL, ENGLAND - FEBRUARY 12: Arne Slot manager / head coach of Liverpool reacts during the Premier League match between Everton FC and Liverpool FC at Goodison Park on February 12, 2025 in Liverpool, England. (Photo by Robbie Jay Barratt - AMA/Getty Images)
इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति एभर्टनसँग २-२ को बराबरीमा सकिएको खेलमा मैदानमै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षक आर्न स्लटलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।
एभर्टनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा बराबरी गोल गरेपछि मैदानमा तनाव भएको थियो । चारवटा रातो कार्ड प्रयोग भएको उक्त खेलमा लिभरपुलका प्रशिक्षक स्लटले मैदानमै प्रशिक्षकसँग सवाल-जवाफ गरेका थिए ।
त्यसपछि प्रिमियर लिगले आर्न स्लटलाई अबका दुई खेलमा टच लाइन प्रतिबन्ध लगाएको हो । अबका दुई खेलमा स्लटले मैदानको टच लाइनमा उत्रिएर खेलाडीलाई निर्देशन दिन पाउने छैनन् । उनलाई स्टेडियम प्रवेशमा भने प्रतिबन्ध लागेको छैन । उनले अबका दुई खेल बेन्चमै बिताउनुपर्ने भएको छ ।
स्लटलाई रेफ्रीमाथि आक्रमक रुपमा प्रस्तुत भएर बेइज्जत गर्न खोजेको र आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको छ ।
प्रकाशित समय : १७:२६ बजे

















