गृहपृष्ठ प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा

प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा

प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा

प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका छन् ।

प्रधानमन्त्री मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गरेका हुन् । उनले सङ्गममा पवित्र स्नान गर्नुका साथै माता गङ्गाको पूजा गरे ।

पौष पूर्णिमा (सन् २०२५ जनवरी १३) देखि सुरु भएको महाकुम्भ २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनहरूलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु