गृहपृष्ठ बेलायती सहायक विदेशमन्त्री वेस्टसँगसँग राजदूत घिमिरेको भेटवार्ता

बेलायती सहायक विदेशमन्त्री वेस्टसँगसँग राजदूत घिमिरेको भेटवार्ता

बेलायती सहायक विदेशमन्त्री वेस्टसँगसँग राजदूत घिमिरेको भेटवार्ता

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले इन्डो-प्यासिफिक मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथरिन वेस्टसँग भेटवार्ता गरेका छन् । मंगलबार उनकै कार्यकक्षमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा द्विपक्षीय हितका राजनीतिक, आर्थिक, शैक्षिक तथा विकास लगायत विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

राजदूत घिमिरेले आफ्नो कार्यकालमा आर्थिक र राजनीतिक कूटनीतिलाई प्राथमिकता दिने कार्ययोजना रहेको सुनाएका थिए । राजदूत घिमिरेले भूतपूर्व गोर्खासँग सम्बन्धित समस्याबारे पनि छलफल गरे ।

घिमिरेले नेपालको विकासमा थप बेलायती सहयोगका लागि जोड दिँदै बेलायतबाट नेपालमा प्रधानमन्त्री सहित उच्चस्तरिय राजनीतिक भ्रमणमा पहल गरिदिन आग्रह गरेको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जनाए

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु