गृहपृष्ठ अध्यादेश राष्ट्रियसभामा फेल हुन्छः वर्षमान पुन
अध्यादेश राष्ट्रियसभामा फेल हुन्छः वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन् । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले यस्तो बताएका हुन् ।
‘भूमि हीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो’, पूर्व अर्थमन्त्री समेत रहेका पुनले भने,‘ तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ ।’
प्रकाशित समय : १४:३५ बजे


















