गृहपृष्ठ नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ किन्न पाउने आज अन्तिम दिन
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ किन्न पाउने आज अन्तिम दिन
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि निष्काशन गरेको आईपीओ आजसम्म मात्र विक्रीमा रहनेछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले यो आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि पुस २५ गते अनुमति पाएको थियो । यस आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आरक्षित १० प्रतिशत दरमा २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गरिएको हो ।
आवेदन दिँदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस् क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित समय : ११:२५ बजे



















