गृहपृष्ठ तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड
तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रूपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन् ।
प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको उनको भनाइ छ ।
आफू केही वर्षअघि केही मन्त्रीहरूसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उनले बताए । यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको उनको भनाइ छ
प्रकाशित समय : ११:१८ बजे



















