गृहपृष्ठ पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान गर्न जसपा नेपालको आग्रह

पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान गर्न जसपा नेपालको आग्रह

पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान गर्न जसपा नेपालको आग्रह

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक आज साँझ सम्पन्न भएको हो ।

बैठकले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विषयलाई लिएर हाल भइरहेको आन्दोलन वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको पार्टी कार्यालयले जनाएको छ । साथै बैठकले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरेको छ ।

किराँत–लिम्बुवानको सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथि दमन नगर्न पनि जसपाले सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी अध्यादेशको विषयमा मङ्गलबार सिंहदरबारमा बस्ने जसपा नेपाल संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले तीन प्रदेशका इन्चार्जहरूको जिम्मेबारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।

बैठकले आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई निर्देशनसमेत दिएको जसपाले जनाएको छ ।

प्रकाशित समय : २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु