गृहपृष्ठ ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ
ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरियो भने ८ सय राष्ट्रिय गार्डहरू पनि रहेका थिए ।
चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि दुई पटक घातक हमला भएको थियो । यसैलाई ध्यानमा राख्दै गोप्य सेवा र अन्य सुरक्षा निकायहरू सबै सम्भावनाका लागि तयार पारिएको थियो । ड्रोन आक्रमण, रासायनिक आक्रमण र रकेट लन्चर आक्रमणजस्ता कुनै पनि आक्रमणलाई विफल पार्न कडा व्यवस्था गरिएको थियो ।
विश्वकै शक्तिशाली राष्ट्रका नेताको सपथ ग्रहण समारोहमा कुनै अप्रिय घटना नहोस् भनेर जमिन देखि आकाशसम्म निगरानी गरिएको थियो भने सपथ ग्रहण समारोहमा जाने क्रममा र सपथ ग्रहण पछि ह्वाइट हाउससम्मका सबै सडक सिल गरियो ।
सपथ लिनुअघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया वासिङ्टनको लाफायेट स्क्वायरस्थित सेन्ट जोन्स एपिस्कोपल चर्च पुगेका थिए भने ट्रम्पले सपथ लिनुअघि रुसी राष्ट्रपति पुटिनले सुरक्षा परिषद्सँग भेट गरेका थिए ।
प्रकाशित समय : ०८:०७ बजे