global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महालक्ष्मीविकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मीविकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मीविकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मीविकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोहीअन्तर्गत बैंकको पालुङ्ग शाखाद्धारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थीतश्री कालिदेवी प्राथमिक विद्मालयमा अध्ययनरत ८३ जनाविधार्थीहरु मध्ये ५५ जनावि पन्नवर्गका विधार्थीहरुमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले यस बैंकको पालुङ्गशाखा द्धारा मिति २०८१/०९/२७गते एक कार्यत्रमका बीच ५५ थानपोलार ज्याकेट वितरण गरिएको छ ।

साथै सर्वोदय परियोजना नामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रबद्र्धन गर्न आयोजित “ Sensation Unseen : अदृश्य मोतीहरु” नामक कार्यक्रम सञ्चालनगर्नको निमित्त बैंकले आर्थिक सहयोग गरेको छ । यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्तुतगर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्वकार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधाउपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु