काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व सङ्कलन

5.46K
shares

यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार चार सय राजस्व सङ्कलन गरेको छ ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट सात लाख ९६ हजार आठ सय राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए। कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व सङ्कलन गरेको थियो भने बेरुजु रकम एक लाख १९ हजार एक सय रहेको थियो ।