गृहपृष्ठ डाक्टरले ३२ किमि टाढाबाट गरे टेलिरोबोटिक्स प्रबिधिबाट मुटुको शल्यक्रिया
डाक्टरले ३२ किमि टाढाबाट गरे टेलिरोबोटिक्स प्रबिधिबाट मुटुको शल्यक्रिया

भारतका एक चिकित्कसले ३२ किलोमिटर टाढा रहेका बिरामीको शल्यक्रिया गरेका छन्। अन्तर्राष्ट्रिय रुपम चर्चित हृदयरोग विशेषज्ञ डा तेजस पटेलले भारतको गान्धीनगरमास्थित अक्षरधाम मन्दिरबाट ३२ किमि टाढा रहेको एपेक्स अस्पतालमा रहेकी एक महिला बिरामीको शल्यक्रिया गरेका हुन्।
उनले संसारकै पहिलो टेलिरोबोटिक कार्डियोभास्कुलर स्टेन्ट शल्यक्रिया गरि इतिहास रचेका हुन्। बढ्दै गएको प्रविधिको मद्दतले उनले संसारकै पहिलो मानव टेलिरोबोटिक कोरोनरी इन्टरभेन्सन मार्फत् महिला बिरामीमा शल्यक्रिया गरेका हुन्।
डा पटेलले केही दिन पहिले उक्त महिलालाई हृदयघात भएपछि अवरोध हटाउने शल्यक्रिया गरेका थिए। बुधवार उनलाई पुनः अर्को अवरोध देखिएको थियो। यसै क्रममा डा पटेलले गान्धीनगरस्थित अक्षरधाम मन्दिरबाट एपेक्स हर्ट इन्स्टिच्युट, अहमदाबादमा रहेको महिला बिरामीको शल्यक्रिया गरे।
केही मिनेट लामो शल्यक्रियामा डा पटेलले टेलिरोबोटिक्स प्रविधिको उपयोग गरे। रोबोटिक सिस्टम अपरेशन थिएटरमा राखिएको थियो र उनले उच्च गतिको इन्टरनेटको माध्यमबाट मन्दिरबाट उक्त प्रणालीलाई सञ्चालन गरे। मन्दिरबाट बटन चलाउँदै, बिरामीको धमनी सफा गरी एक स्टेन्ट राखियो। शल्यक्रियाको दौरान, कुनै आपत्ति हुन सक्छ भनेर सो अस्पतालमा चिकित्सक र प्यारामेडिकल टिम उपस्थित थिए।
प्रकाशित समय : १७:४३ बजे