गृहपृष्ठ अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने
अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने

बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथी भएको हातपातको घटनामा राष्टिय स्वतन्त्र पार्टीले चासो ब्यक्त गरेको छ ।
पार्टी सभापति रबि लामिछाने बिरूद्दको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथी हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारवाही गर्ने प्रतिबद्ता जनाएका हुन । ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ’, प्रबक्ता झाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित समय : १८:२० बजे