गृहपृष्ठ प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुवात
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुवात
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेको छ । मंगलबार धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको उदघाटन खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो ।
गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर गर्यो । उसका लागि रेवती धामीले २७ बलमा सर्वाधिक २१ रनमा बनाइन् । उनी अविजित रहिन् । बलिङमा गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एकरएक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्र बनायो । उसका लागि रेखा तामाङले २० बलमा १३ रन, सिर्जना पौडेलले २६ बलमा १०, निरु जिटीले १३ बलमा ७ रन बनाए ।
सुदूरपश्चिमका लागि रेवती धामीले चार, जानकी थापा र रितु कनौजियाले एक/एक विकेट लिए ।
प्रकाशित समय : १४:१९ बजे



















