global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चिनियाँ विदेश मन्त्री पुगेको बेला अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा हमला, १९ को मृत्यु

चिनियाँ विदेश मन्त्री पुगेको बेला अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा हमला, १९ को मृत्यु

चिनियाँ विदेश मन्त्री पुगेको बेला अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा हमला, १९ को मृत्यु

अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा बोको हरामले ठूलो आतंकवादी हमला गरेको छ ।

बोको हरामले राष्ट्रपति भवनमा अन्धाधुन्ध गोली चलाए पछिको आक्रमणमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलले आक्रमणकारीलाई पनि मारेका छन् ।

अल जजिराका अनुसार चीनका विदेशमन्त्री वाङ यीले चाडको राजधानी एनुजामेनामा अधिकारीहरूसँग भेट गरेको केही घण्टापछि सो आक्रमण भएको हो। जसमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलहरूले राजधानी एनुजामेनामा राष्ट्रपति भवनमा आक्रमण गर्नेहरूलाई लडेको बताएका छन्।

समाचार अनुसार चाडका विदेश मन्त्री तथा सरकारका प्रवक्ता अब्देरमाने कौलामल्लाहले आक्रमणकारीहरूमध्ये १८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताएका छन् । ‘हाम्रा एक सैनिकको पनि मृत्यु भएको छ, तीन जना पनि घाइते भएका छन्, जसमध्ये एकजना गम्भीर छन्,’ उनले भने ।

गोलीबारीको केही घण्टापछि, कौलामल्लाहलाई सैनिकहरूले घेरेको र बन्दुक बोकेको भिडियोमा देखिएको छ । अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको उनले बताए । अस्थिरता गर्ने षडयन्त्र असफल भएको छ ।

सो गोलाबारी हुनु भन्दा केही घण्टाअघि बिदेश मन्त्री वाङ यीले चाडका राष्ट्रपति महामत इड्रिस डेबी र अन्य अधिकारीहरूसँग भेट गरेका थिए।

 

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु