global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु