global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ साना किसान विकास लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै

साना किसान विकास लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै

साना किसान विकास लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ । सभामा संस्थाले सेयरलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजेबाट सुरु हुनेछ ।

 

प्रकाशित समय : १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु