global ime bank Long Banner Ad

गृहपृष्ठ क्यानडाको प्रधानमन्त्री ट्रुडोद्दारा राजिनामाको घोषणा

क्यानडाको प्रधानमन्त्री ट्रुडोद्दारा राजिनामाको घोषणा

क्यानडाको प्रधानमन्त्री ट्रुडोद्दारा राजिनामाको घोषणा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा गर्ने घोषणा गरेका छन् । पार्टी भित्रको आन्तरिक कलह, बिपक्षीको प्रश्नसहित अमेरिका र भारत बिचको बिग्रदो सबन्धका बिचमा ट्रुडोले राजिनामा दिने घोषणा गरेका हुन् ।

रिडेउ कोटेजमा रहेको आफ्नो निवास सम्बोधन गर्दै ट्रुडोले आफ्नो उत्तराधिकारीको चयन नभएसम्म आफू प्रधानमन्त्रीको पदमा रहनेसमेत जनाएका छन् ।

‘पार्टीले बलियो र राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रक्रियाबाट अर्को प्रधानमन्त्री चयन गर्ने समय दिदैँ म पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा राजीनामा दिएको घोषणा गर्न चाहन्छु। हिजो राती नै मैले लिबरल पार्टीका अध्यक्षलाई त्यो प्रक्रिया सुरु गर्न आग्रह गरिसकेको छु, ट्रूडोले राजिनामा घोषणाको सम्बोधनमा भने ।

‘यो देश अर्को चुनावमा वास्तविक छनौटको योग्य उम्मेदवार मिल्नेछर यो मलाई स्पष्ट भएको छ कि यदी मैले आन्तरिक लडाईहरू लड्नु परिरहेको छ भने म त्यो चुनावसम्ममा सबैभन्दा राम्रो विकल्प हुन सक्दिन,’ ट्रूडोले भने।

प्रधानमन्त्रीले भने कि गभर्नर जनरल मेरी साइमनले मार्च २४ सम्म संसद निलम्बन गर्न उनको अनुरोधलाई स्वीकार गरेका छन ।

प्रकाशित समय : ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु