global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दियो

नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दियो

नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दियो

एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ ।

मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनायो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाइन  । यस खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु