global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानसेनापति सिग्देलले भारतको मानार्थ सेनापति ग्रहण गर्ने

प्रधानसेनापति सिग्देलले भारतको मानार्थ सेनापति ग्रहण गर्ने

प्रधानसेनापति सिग्देलले भारतको मानार्थ सेनापति ग्रहण गर्ने

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुकको औपचारिक भ्रमणमा रहनेछन ।

हिजो साँझ भारत प्रस्थान गरेका प्रधानसेनापति मंसीर ३० गते मात्र स्वदेश फर्कने छन् ।

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमणमा गयका हुन । प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देल पत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी छन ।

सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ भने इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु