गृहपृष्ठ मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ । शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ ।
महायज्ञको चौथो दिन सोमवार मात्रै २८ लाख ४० हजार ६७५ बराबरको रकम सङ्कलन भएको छ । सोमवार दिनभर दुई वटा निकाय र ८३ जना दाताहरुले दान दिएका छन् ।
सल्यानको दार्मा गाउँपालिकाले आश्रमको दुईवटा कोठा निर्माण गरिदिने भएको छ । गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकाको तर्फबाट दुईवटा कोठा निर्माणका लागि १३ लाख २ हजार २३० रुपैयाँ दिने घोषणा गरे । उनी महायज्ञस्थलमै आएर उक्त घोषणा गरेका हुन् ।
यस्तै ग्रीन ल्यान्ड एकेडिएमी सुर्खेतले ५१ हजार ५ रुपैयाँ दान गरेको छ । दान गर्ने दाताहरुमा कतिपयले ६ लाखसम्म पनि गरेका छन् ।
महायज्ञ मूल आयोजक समितिका संयोजक केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।
उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानव सेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।
प्रकाशित समय : ०८:३७ बजे


















