global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रासायनिक मलको विकल्प अर्गानिक मल

रासायनिक मलको विकल्प अर्गानिक मल

रासायनिक मलको विकल्प अर्गानिक मल

रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ ।

किसानले सधै सास्ती भोगिरहेको रासायनिक मलको साटो प्रयोग गर्न मिल्ने सस्तो र अर्गानिक मलको रुपमा यो मल प्रयोग गर्न मिल्ने कम्पनिको दाबी छ ।

दैनिक २०० मेट्रिक टन उत्पादन क्षमता रहेको ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिले हाल १५ सय बोरा दैनिक रत्नम ब्राण्डको मल उत्पादन गरिरहेको छ ।

उद्योगका संचालक सिद्धार्थ अग्रवालले रत्नम दानेदार अग्रानिक मल एक वर्ष परिक्षण पछि उत्पादनलाई बजारमा ल्याएको बताए ।

कोभिडको समयमा कम्पनिको सुरुवात गरि व्यक्तिगत ३० करोडको लागतमा उद्योग संचालनमा ल्याएका छौ । जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक अर्गानिक मल ल्याएको दाबी गरेको छ । यहाँको माटो अधिकांस कार्बनले गर्दा जर्रो भएको छ, यो मलले माटोलाई सुधार्ने काम गर्छ र माटोको उर्वराशक्ति बढाउनका लागि अर्गानिक मल तयार गरेका उनले भने । नाइट्रोजन, फस्फोरस र पोटाशियम लगायतका मुख्य तत्वहरु मलमा रहेको उनले बताए ।

माटोको वैज्ञानिक ढङ्गबाट विश्लेषण गरी महत्वपूर्ण प्राकृतिक प्राङ्गारिक पदार्थ मिश्रण गरेर मल तयार गरिएको कम्पनीको दाबी छ । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि उत्पादन भइरहेको छ । ‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको छ, ’उनले भने ।

रासायनिक मलले बिगारेको माटो र ह्रास गरेको उत्पादन शक्ति जैविक मलले विस्तार सन्तुलनमा ल्याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आधुनिक प्रविधिवाट नेपालको माटो र हावापानीलाई सुहाउँदो मल उत्पादन गरि सर्वशुलभ मुल्यमा बजारमा ल्याइएको हो ।

सरकारबाट बिक्रि बितरण अनुमति पाए पछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको अग्रवालले बताए । ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ,’ उनले भने । मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको उनले बताए । यसबाट उत्पादित खाद्यवस्तुको पौष्टिक तत्व वृद्धि हुने र लामो समयसम्म भण्डारण गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

माटोको उर्वरा शक्ति तथा खाद्यतत्वमा आएको कमीलाई यो मलले पूर्ति गर्दै माटोको बनोट तथा भौतिक गुणमा अभिवृद्धि गर्दछ । यो मल फलफूल, तरकारी, खाद्यान्न बाली, चिया, उखु, आदिका लागि उपयोगी हुने कम्पनी जानकारी दिएको छ ।

देशमा मलको हांहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेको उनले बताए । उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनि बताउछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ,` अग्रवालले भने ।

उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाच हुने गरेको छ । सरकारको आधिकारिक ल्याबमा परिक्षण पछिमात्र बजारमा पठाउने गरेको छ । कम्पनिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागमा सूचिकृत र स्वीकृति अनुसार मल उत्पादन भएको छ यो वातावरण मैत्री र माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको कम्पनिकी प्रबन्ध निर्देशक तथा माइक्रोवायोलोजिस्ट पुनम अग्रवालले भनिन ।

रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अवस्थामा किसानका लागि यो मल उपयोगी हुने उनले भनिन ।

अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताउदै हामीले अब गुणस्तरलाई ध्यान दिनु पर्छ । माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय रहेको उनले दाबी गरिन । हाम्रो आफ्नै एउटै ब्रान्ड छ र शत प्रतिशत अर्गानिक छ यस्को प्रयोले केही समय पछि सोचेभन्दा धेरै राम्रो नतिजा आउछ उनले भनिन ।

मल धान, मकै, गहुँ र तरकारीका अतिरिक्त फलफुलका लागि फलदायी हुने दाबी छ । यसको प्रयोगबाट उत्पादित वस्तु अर्गानिक भएकाले लामो समयसम्म टिक्ने कम्पनीले जनाएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ मुलुकमा उपलब्ध हुन्छ भने केही कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । किटनाशक औषधिको अन्धाधुन्ध प्रयोग र अत्यधिक रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तु खानाले क्यान्सरलगायत घातक रोग निम्त्याएको पाइन्छ ।

रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ भने तराईका जिल्लाहरुमा भारतबाट पोषकतत्व जाँच बिनै भित्रिने मलले उत्पादन र उत्पादकत्वमा असर गरिरहेको कृषि विज्ञहरुको भनाई छ । यसका लागि कम्पनिले सहकारी संजाल, कृषि ज्ञान केन्द्र, रुपन्देहीको प्राविधिक सहयोगमा किसानलाई प्राङ्गारिक मल प्रयोगबारे जानकारी समेत गराउदै आएको छ ।

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत अनिल कुमार बनियाले रासायनिक भन्दा प्राङ्गारिक मल पयोगले उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ । ‘हामीकहाँ रासायनिक मल नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ । तर, यसको असरबारे जानकारी लिने गरेका छैनौं’, उनले भने, ‘वास्तविकता बुझौं र प्राङ्गारिक मलको प्रयोग गरौं ।’ प्राङ्गारिक वस्तुको प्रयोग हुँदा माटोको पानी सोस्ने क्षमता बढ्ने उनले जनाए ।

‘रासायनिक मलले चिस्यान क्षय गर्छ । रासायनिक मलको साथै कीटनाशक र रोगनाशक रसायन (विषादी) हरुको प्रयोग हुँदा वरपरको पानी, माटोको सुक्ष्म जीवाणु, कीराहरु आदिको नास हुन जान्छ । यसले अन्नबालीमा नोक्सानी पुग्छ’, उनले भने, ‘यी सबै कुराबाट छुटकारा पाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ ।

परिक्षण्को सफलता पछि रुपन्देहीमा सय बढि विक्री केन्द्रबाट यो मल विक्री भइरहेको छ, लुम्बिनी प्रदेश मात्रैहोइन नेपालभर माग रहेकोले बजारीकरणमा हामी लागेका छौ । नेपालसंगै भारतमा पनि माग रहेकोले निर्यातको तयारी कम्पनिले गरिरहेको छ ।

मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ । किसानले खुला सीमापारिका बजारमा सहजरूपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले विसं २०६५ चैत १२ गतेदेखि अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याउने निर्णय लिएको थियो ।

वैदेशिक व्यापारघाटालाई सन्तुलित तुल्याउन सरकारले नीतिगत व्यवस्था गरेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै जैविक मल उत्पादन शुरु गर्नु राम्रो पहल हो । यसले मलमा हुने परनिर्भरतालाई घटाउने छ ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु