global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख xr:d:DAFhbYZJTBk:4,j:46104968219,t:23042821

बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो ।

मन्दिर निर्माणका लागि ३० लाख आवश्यक पर्ने उनले बताए । बन्दीपुर गाउँपालिकाले भने चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् ।

हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा मेला लाग्ने गर्छ । औँसी र एकादशी दिनबाहेक अन्य दिन नित्य पूजा हुने गरेको छ । विसं २०३२ मा स्थानीय सन्तबहादुर थापाको अगुवाइमा मन्दिर निर्माण भएको हो ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु