global ime bank Long Banner Ad

गृहपृष्ठ शिभाली फेरि च्याम्पियन

शिभाली फेरि च्याम्पियन

शिभाली फेरि च्याम्पियन

नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत–सर्किट टुको गल्र्स एकलतर्फ आज पहिलो भएकी छन् । सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन् ।

नेपाल टेनिस सङ्घ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ करिन सइजनलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।

त्यस्तै ब्वाइज सिंगल्समा न्यूजील्यान्डका ज्याक्स रुप र भारतका तनिस नन्दा फाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कोर्टमा ज्याक्सले सर्किट–१ का विजेता अभि अग्रवाललाई ६–२ र ६–० को सोझो सेटमा हराए । अर्को सेमिफाइनलमा तनिसले वृजेश अर्याललाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए ।

प्रकाशित समय : २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु