global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वन अतिक्रमण गर्न खोज्नेहरू नियन्त्रणमा

वन अतिक्रमण गर्न खोज्नेहरू नियन्त्रणमा

वन अतिक्रमण गर्न खोज्नेहरू नियन्त्रणमा

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न खोज्नेलाई नियन्त्रणमा लिइएको छ । धुर्जन्नामा रहेको खुटीया नदी किनारको खुला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरी दुई सय बढी मानिसहरू पाल टाँगेर बसेका थिए ।

सामुदायिक वनको २० हेक्टर बढी खाली रहेको जमिनमा उनीहरू बस्न आएको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहालले जानकारी दिए । दाहालका अनुसार उनीहरू पाल टाँगेर घर छाप्रो बनाउने योजनामा रहेका थिए ।

अतिक्रमण गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टको नेतृत्वमा गएराति गस्ती टोली गएको थियो । डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको संयुक्त टोली र सशस्त्र प्रहरीलगायतले अतिक्रमण हटाएको फूलबारी सव डिभिजन वन कार्यालयका प्रमुख जीवक्ष यादवले जानकारी दिए। सो क्रममा आठ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मानबहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनिराम पाध्याय, पवन रसाइली, मानबहादुर कामी, राजेश कामी रहेको यादवले जानकारी दिए ।

उनीहरू डोटी, कैलाली, बाजुरा, अछामलगायतका जिल्लाबाट आएका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरी वन ऐन नियमावलीअनुसार कारबाही गरिने यादवले जानकारी दिए ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु