global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, देशभर १२३ शाखा

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, देशभर १२३ शाखा

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, देशभर १२३ शाखा

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको थियो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो ।

विसं २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले साबिक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंकसँगको मर्जरपछि २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो ।

बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु