काठमाडौं । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भेलाले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद, प्रयावरण विनाशविरुद्ध बौद्धिक आन्दोलन गर्ने उद्देश्य रहेको बताए । उनले सुस्ताएको बौद्धिक आन्दोलनलाई फेरि नयाँ उचाईमा उठाउन संघ गठन गरिएको जानकारी दिए ।
भेलामा शुभकामना दिँदै नेताहरुले राष्ट्रिय र जनजिविका कमजोर भइरहेको बेला संघको गठन महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले कमजोर हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई टेवा पुर्याउने अपेक्षा गर्दै शुभकामना दिएका थिए ।
भेलामा नेकपाका संयोजक लोकनरायण सुवेदी, नेकपा बहुमतका नेता दिपक चलाउने, नेकपा नेता नारायणप्रसाद शर्मा, जेनजी अभियान्ता रमेश विक्रान्त, प्रयावरणविद् आशिष जोशीलगायतले शुभकामना दिएका थिए ।
भेलाले संघको उपाध्यक्षमा बद्रीनाथ अधिकारी, तोयाराज अधिकारी, भरत शाह, नवराज उप्रेती श्यामसुन्दर श्रेष्ठ, सजय पौडेल, राजेन्द्र साउद निर्वाचित भएका छन् ।
संघको महासचिव परशु कोइराला, सचिव आशिष जोशी र कोषाध्यक्ष प्रेमबहादुर थापा निर्वाचित भएका छन् । त्यस्त, केन्द्रीय सदस्यमा महेश पौडेल, बासुदेव नाथ, शुसिल भट्टराई, खेम पौडेल, मोहन खतिवाडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगिरथ घिमिरे, पवन खवास, धु्रव भण्डारी, अच्युत कट्टेल, भक्त रसाईली रहेका छन् ।
संघले डा. डीपी पौडेल, रमेश पौडेल, टिका कडेँल, निरेन्द्र कुँवरलाई सल्लाहकार समेत चयन गरेको छ ।




















