global ime bank Long Banner Ad

गृहपृष्ठ टिकट नपाएपछि कोरिया उड्न पाएनन् १४ सय श्रमिक

टिकट नपाएपछि कोरिया उड्न पाएनन् १४ सय श्रमिक

टिकट नपाएपछि कोरिया उड्न पाएनन् १४ सय श्रमिक

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि भिसा लागिसकेर कोरिया जान प्रतीक्षामा रहेका श्रमिकहरू दसैँअघिदेखि उड्न पाएका छैनन् । कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्सले टिकट नदिएपछि करिब १४ सय श्रमिकहरू समयमै कोरिया जान नपाएका हुन् ।

सरकारले कोरिया जाने श्रमिकले किन्ने हवाई टिकट टेन्डरमार्फत दर तोकेर युनिभर्सलसँग सम्झौता गरेको छ । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले आगामी २० मंसिरसम्म टेन्डर हाल्न पाउने गरी बोलपत्र आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार आफूसँगको सम्झौता नवीकरण हुनुपर्ने भन्दै युनिभर्सलले लामो समयदेखि श्रमिकलाई हवाई टिकट उपलब्ध गराएको छैन ।

यअसघि असारमा टेन्डर आह्वान गर्दा कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सलले दायर गरेको रिटमा सर्वोच्च अदालतले २० मंसिरसम्म पुरानै सम्झौता अनुसार काम गर्न दिन आदेश गरेको थियो । यसअनुसार विभागले २० मंसिरपछि नयाँ सम्झौता गर्ने गरी टेन्डर गरेको छ । ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि जाने गरेका छन् ।

 

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु