global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खोला किनारको मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन

खोला किनारको मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन

खोला किनारको मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन

सडक र खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै आज (बिहीबार) माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

मापदण्ड खारेजको माग गर्दै र्‍यालीसहित खबरदारी कार्यक्रम गरिएको उनीहरूले बताएका छन् । सुमन सायमी लगायतको अगुवाइमा बागमती नदी किनारबाट र्‍याली शुरू भई माइतीघर मण्डल पुगेको हो ।

तिन पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

 

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु