global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पुटिनको धम्कीपछि पनि युक्रेनले रुसमाथि हान्यो क्रुज मिसाइल

पुटिनको धम्कीपछि पनि युक्रेनले रुसमाथि हान्यो क्रुज मिसाइल

पुटिनको धम्कीपछि पनि युक्रेनले रुसमाथि हान्यो क्रुज मिसाइल

युक्रेनले रुसको भित्री क्षेत्रमा बेलायतले दिएको लामो दूरीको क्रुज मिसाइल स्टर्म स्याडो प्रयोग गरेको भन्दै समाचार आएका छन् । अमेरिकाले दिएको क्षेप्यास्त्र युक्रेनले रुसी क्षेत्रमा प्रयोग गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रुद्ध बनेका छन् ।

लामो दूरीको मिसाइल युक्रेनले आफ्नो भूभागमा गरेमा यसलाई दाता देशले गरेको आक्रमणको रूपमा हेर्ने र यसको जवाफ आफूले दिने भन्दै पुटिनले यस अघि नै पटक–पटक पश्चिमी देशहरूलाई चेतावनी दिइसकेका छन् ।

रुसको भित्री क्षेत्रमा भेटियो मिसाइलको भग्नावशेष

रुसले युक्रेन युद्धको मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर सञ्चार माध्यममा छापिएपछि बेलायतले युक्रेनले लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएको थियो । युक्रेनको उत्तरमा रहेको रुसको कुस्र्क क्षेत्रमा स्टर्म स्याडो मिसाइलको भग्नावशेष भेटिएको समाचारमा जनाइएको छ । यिस्क र दक्षिणी क्रास्नोडार क्षेत्रको बन्दरगाहमा दुईवटा स्टर्म स्याडो मिसाइलहरूलाई इन्टरसेप्ट गरिएको थियो ।

अमेरिकाले युक्रेनलाई दियो रुसविरुद्ध लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति

भर्खरै अमेरिकाले युक्रेनलाई आफूले दिएको लामो दूरीको एटीएसीएमएस मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । अमेरिकाको यो स्वीकृतिपछि युक्रेनी सेना रुसको भित्री क्षेत्र र सैन्य प्रतिष्ठानलाई निशाना बनाउन सक्षम भएको छ र यसले रुस–युक्रेन युद्धको सम्पूर्ण परिदृश्य बदल्न सक्ने विश्लेषण आइरहेका छन् ।

 

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु