global ime bank Long Banner Ad

गृहपृष्ठ रात्रिकालिन समयमा बिपी राजमार्ग रातको समयमा सात घण्टा बन्द

रात्रिकालिन समयमा बिपी राजमार्ग रातको समयमा सात घण्टा बन्द

रात्रिकालिन समयमा बिपी राजमार्ग रातको समयमा सात घण्टा बन्द

गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक सात घण्टा बन्द हुनेछ ।

सडक खण्ड अन्तर्गत चौकी डाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।

बिपी राजमार्गको प्रस्थान बिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खे खोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु