गृहपृष्ठ फोर्डले बेलायतमा ८०० जना कमर्चारी कटौती गर्दै, सरकारले माग्यो योजना
फोर्डले बेलायतमा ८०० जना कमर्चारी कटौती गर्दै, सरकारले माग्यो योजना
गाडी उत्पादन कम्पनी फोर्डले बेलायतमा रोजगार संख्या कटौती गर्ने भएको छ। आउने ३ वर्षको समयमा ८०० जनाको जागिर यो घोषणासँगै जानेछ।
कम्पनीले आफ्नो संगठन सुधार गर्दै युरोप भरमा ४ हजार जागिर कटौती गर्ने तयारी गरिरहेको छ।
गाह्रो व्यापार अवस्था र बढ्दो प्रतिस्पर्धासँगै विद्युतीय गाडीको माग कम हुँदा अहिलेको निर्णय लिइएको कम्पनीले जनाएको छ।
जागिर कटौतीको घोषणाले डगेनहम र हेलवुडमा रहेको उत्पादनस्थलमा भने प्रभाप नपार्ने बताइएको छ। यस्तै, कम्पनीको लजिस्टिक बेस रहेको साउथह्याम्पटनमा पनि यो घोषणाले फरक पर्ने छनै।
बेलायतमा फोर्डसँग करिब ५ हजार ३०० कर्मचारी आबद्ध छन्। सन् २०२३ मा पनि फोर्डले बेलायतमा १ हजार ३०० जागिर कटौती गर्ने घोषणा गरेको थियो।
पछिल्लो समय युरोपका कार उत्पादक कम्पनीहरु संकटमा छन्। उनीहरुले उत्पादन गरेको इभी गरेको गाडीको माग कम छ। चिनियाँ कम्पनीले बजार हिस्सा बढाउँदा युरोपमा उत्पादन लागत बढिरहेको छ। जसकारण नाम चलेका गाडी उत्पादन कम्पनीको बजार हिस्सा खुम्चिएको छ।
फोर्ड कम्पनीको घोषणा पछि बेलायत सरकारले आफ्नो योजन साझा गर्न भनेको छ। घोषणाले बेलायतको रोजगार क्षेत्रमा पर्ने असरलाई समयमै सम्बोधन गर्न सरकारले योजना मागेको हो।
बेलायतमा पछिल्लो समय कानुन नै बनाएर इभी कार निर्माणलाई प्राथमिकतामा राखिएको छ। यसबारेमा सोच्नुपर्ने भन्दै माग समेत उठिरहेको छ।
प्रकाशित समय : ०९:१९ बजे



















