global ime bank Long Banner Ad

गृहपृष्ठ आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने

आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने

आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने

बलिवुडका किङ खान शाहरुख खानका छोरा आर्यन खानको आगामी वेब सिरिजको औपचारिक घोषणा भएको छ ।

शाहरुख आफैंले छोरा आर्यनको नेटफ्लिक्स सिरिज घोषणा गरेका छन् । गौरी खानले निर्माण गरेको यो सिरिज आर्यन खानले निर्देशन गरेका हुन् ।

नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्टले यो सिरिज २०२५ मा रिलिज हुने बताइएको छ ।

शाहरुख खानले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएका हुन् । वास्तवमा आर्यन खान यसै सिरिजबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । यो सिरिज फिल्म उद्योगको पृष्ठभूमिमा आधारित रहेको बताइएको छ ।

नेटफ्लिक्सले यो सिरिज र यसको लस एन्जलस आयोजित कार्यक्रममा रेड चिलिजसँगको साझेदारीको घोषणा गरेको छ ।

यो सिरिज फिल्म उद्योगमा आधारित रहेको र यस सिरिजमा बलिउडको ग्ल्यामरस र अप्ठ्यारो दुनियाँमा आफ्नो पहिचान बनाउन खोज्ने बाहिरी व्यक्तिको संघर्ष पनि देखिने बताइएको छ ।

यसैबीच शाहरुख खानले यस सिरिज बारे पोष्ट गर्दै लेखेका छन्, ‘यो विशेष दिन हो किनभने हामी दर्शकसामु नयाँ कथा ल्याइरहेका छौं । आर्यन आफ्नो नयाँ यात्रा सुरु गर्न लागेकाले रेड चिलीजका लागि यो दिन निकै विशेष छ । उनको नयाँ वेब सिरिज चाँडै नै नेटफ्लिक्समा आउनेछ । अगाडि बढ र मानिसहरूलाई मनोरञ्जन गर । याद रहोस, शो बिजनेस जस्तो कुनै व्यवसाय छैन ।’

नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्टले यसअघि पनि सँगै काम गरिसकेका छन्। यो वेब सिरिज नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्ट बीचको छैटौं फिल्म हो । यसअघि दुवैले डार्लिङ, भक्त, क्लास अफ ८३, बेताल र बार्ड अफ ब्लडजस्ता फिल्ममा सँगै काम गरेका थिए ।

 

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु