एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्ने
वि.सं.२०८१ मंसिर ५ बुधवार १७:०४
shares
युवा सङ्घ नेपाललद्वारा कुपन्डोलमा बुधबार आयोजित नेकपा ( एकीकृत समाजवादी )पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : हरिराम भेटुवाल÷रासस
नेकपा एकीकृत समाजवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ ।
बुधबार एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै एसबाट उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्कृय बनाएको जानकारी दिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गरेका छन् । सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा (एस) की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।
तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टको उम्मेदवारी बारे स्पष्ट भएको छैन ।






















