काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

७७ वर्षीय वृद्ध लागूऔषधसहित पक्राउ

1.86K
shares

कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागूऔषधसहित पक्राउ परेका हुन्।

दुई किलोग्राम चरेसहित बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनको गोठ तलासी गर्दा लुकाइराखेको अवस्थामा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।