काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

“सांग्रिला डेभलपमेन्ट बैंक लि. र बृहतइन्भेष्टमेन्ट प्रा. लिबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर”

3.68K
shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहतइन्भेष्टमेन्ट प्रा.लि बिच आज व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गााखरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहजतरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

घर/जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर ९.९९% तोकिएको रेपहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

बैंकले आम ग्राहकमहानुभावहरुलाई घर/जग्गाा खरिदगर्न झन्झट रहित, सहज र सरल कर्जा सेवाप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठर बृहत इन्भेष्टमेन्ट प्रा.लिको तर्फबाट कार्यकारी निर्देशकश्री पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले आम ग्राहकमहानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।