global ime bank Long Banner Ad

गृहपृष्ठ चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते

चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते

चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते

चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते भएका छन् । घटना सोमबार साँझको भएको भन्दै बीबीसीले समाचार छापेको छ ।

प्रहरीले घटनास्थलबाट ६२ वर्षका फान थर गरेका एक पुरुष चालकलाई पक्राउ गरेका छन् । घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ । झुहाईले नागरिक र सैन्य एयर सोको आयोजना गर्दैछ । यसैबिच सहरमा उच्च सुरक्षा हुँदा हुँदै यो घटना भएको छ ।

घटनाको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका थिए । केही भिडियो हटाइसकेको भए पनि केही अझै अनलाइनमा छन् ।

घटनाको समयमा रंगशालामा कम्तीमा ६ वटा समूह उपस्थित रहेको एक प्रत्यक्षदर्शीले भनेका छन् । उनीहरू रंगशालालाई घुम्न निर्धारण गरिएको बाटोमा हिँडिरहेका थिए ।
घाइते हुनेमा वृद्धवृद्धा, किशोर–किशोरी र बालबालिकाहरू समेत रहेको बताइएको छ ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु