global ime bank Long Banner Ad

गृहपृष्ठ कुर्स्कमा रुसको ५० हजार सेना फसेका छन्ः जेलेन्स्की

कुर्स्कमा रुसको ५० हजार सेना फसेका छन्ः जेलेन्स्की

कुर्स्कमा रुसको ५० हजार सेना फसेका छन्ः जेलेन्स्की

कुर्स्क क्षेत्रमा रुसको ५० हजार सेना फसेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । सो क्षेत्रमा अझै पनि आफ्नो सेनाको घुसपैठ चलिरहेको र त्यहाँ रुसको ५० हजार सेना भएको बताइएको छ ।

देशबासीको नाममा आफ्नो दैनिक सम्बोधनमा जेलेन्स्कीले यस्तो बताएका हुन् । आफ्नो सेनाको पकडका कारण सो संख्याका रुसी सेना फसिरहेको र युक्रेनमा आक्रमण गर्न सक्ने रुसको क्षमता सीमित भएको पनि उनले बताए ।

अगष्टको शुरुमा युक्रेनले घुसपैठ शुरु गर्दा कुस्र्क क्षेत्रमा रुसको ११ हजार सेना रहेको अमेरिकी गैर नाफामुलक संस्था इन्ष्टिच्यूट फर द स्टडी अफ वारले भनेको थियो । तर रुसले युक्रेनमा खटाइएका सेनालाई फिर्ता नबोलाइकनै कस्र्कमा सैन्य उपस्थिति बनाएको न्यूयोर्क टाइम्सले एउटा समाचार छापेको थियो ।एजेन्सी

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु