काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपाले भोलि रुपन्देहीमा प्रदर्शन गर्ने

2.56K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि मंगलबार लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

लामिछानेलाई मंगलबार प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि रुपन्देहीमा प्रदर्शन गर्न लागेको हो । यसअघि रास्वपाले पोखरा र काठमाडौँमा प्रदर्शन गरेको थियो ।